स्काउट लुम्बिनी प्रदेश युवा मञ्चको अध्यक्षमा पुकार ढकाल

दाङ । नेपाल स्काउट लुम्बिनी प्रदेशको युवा मञ्चको समिति गठन भएको छ ।

घोराही उप-महानगरपालिका, दाङ्गमा पौष ७ देखि ८ गते आयोजित भेलाले रुपन्देहीका पुकार ढकालको अध्यक्षतमा ११ सदस्यीय युवा मञ्च निर्विरोध निर्वाचित गरेको हो ।

प्रदेशभरी १२ जिल्लाका ५७ जना युवाहरुको भेलाले सदस्यमा सुशिला मरासिनी, युवराज चौधरी, बिदुशि घिमिरे, सृष्टि भट्टराई, पुजा खत्री, सुरज भण्डारी, कृष सारु, सुनिल विश्वकर्मा, टंकनाथ बञ्जाडे र सबिना चौधरी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

त्यसैगरी प्रादेशिक युवा मञ्चले राष्ट्रिय युवा मञ्चका लागि प्रतिक खड्का, अमृत विक, नवराज लम्साल, पुकार ढकाल, अंशुवर्मा अर्याल, ईशा अर्याल, अर्चना शर्मा, सरस्वती शर्मा, सुस्मिता बस्नेत, प्रकृती बोगटी, उर्मिला गौतम र सुन्दर बस्याल छनोट हुनुभएको छ ।

लुम्बिनी प्रदेश स्काउट तदर्थ समिति संयोजक दिननाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तुल्सिपुर उप-महानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता, सामाजिक विकास डिभिजन कार्यालय, दाङ्गका कार्यालय प्रमुख बेगम केसी, नेपाल स्काउट राष्ट्रिय प्रशिक्षक तथा वजम कन्सल्टेन्ट देवराज घिमिरे, लुम्बिनी प्रदेश स्काउट तदर्थ समिती सदस्य रविन वली, प्रदेश स्काउट सदस्यता ब्रिद्वी सदस्य उमा गौतम, नेपाल स्काउट सदस्यता ब्रिद्वी अधिकृत सुजित महर्जन, नेपाल स्काउट युवा कार्यक्रम सहायक सोनु भण्डारी, प्रदेश अधिकृत तारा पुरी लगायतको आतिथ्यता रहेको थियो।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने