देवदह //रुपन्देहीको देवदहमा सोइया महिला स्वावलम्बी संस्थाद्वारा जनप्रतिनिधिहरुलाई कार्यक्रमको जानकारी सम्बन्धि कार्यक्रम गरेकाे छ । सानै छु बढ्न देउ, बाल विवाह हैन पढ्न देउ भन्ने मुल नारा सहित संस्थाले आफुले गर्दै आएका काम र यो आर्थिक बर्षमा आफुले गर्ने कामको जानकारी सहित उक्त कार्यक्रम गरेको हाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले संस्थाले विभिन्न कार्य शिक्षा, बालबालिका सम्बन्धि गर्दै आएको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो र संस्थाले गरिसकेका काम कति प्रभावकारी भएकाे छ त्यसकाे अनुगमन समेत गर्न आग्रह गर्नुभएको थियो । उहाले दुर्वेशनमा लागेका बालबालिकालाई पनि समेटेर उनिहरु संग सम्बन्धित कार्यक्रम गर्न सके अझ राम्रो हुने बताउनु भयो ।
देवदह नगरपालिका नगर प्रमुख धुर्व खरेलले यस संस्थाले साच्चिकै गुणस्तरीय शिक्षा र बालबालिकाको क्षेत्रमा राम्रो काम गरेको र केही दिन मात्र अघि सम्पन्न गरेको शिक्षकहरुलाई तालिम फलदायी रहेको समेत बताउनुभयो।
कार्यक्रममा गल्स फस्ट फण्ड कार्यक्रमको संयोजक रोशी गुरुङले बाल बालिकाको क्षेत्रमा गएको बर्ष र यो आर्थिक बर्षमा गर्ने कार्यक्रहरुको जानकारी दिनुभएको थियो । उहाले यो कार्यक्रम देवदहका ४ विद्यालयमा बालविवाह न्यूनीकरण गर्दै साक्षरता दर वृद्धि गर्ने उद्देश्य सहित बालविवाह सम्बन्धि सडक नाटक, बालविवाह रोकथामका लागि धर्म गुरु संग अभिमुखिकरण कार्यक्रम, जिबन उपयोगि सिप, प्रहरी मेरो साथी, यौन तथा प्रजनन स्वास्थ्य, महिना वारि ब्यबस्थापन तालिम, विद्यालय छोडेर बसेका किशोरीहरुका लागि विद्यालय ल्याउन बेसिक कलास संचालन जस्ता महत्त्वपूर्ण कार्य गर्दै आएको जानकारी दिनुभयो ।
त्यस्तै गुणस्तरीय शिक्षा कार्यक्रम संयोजक नारायण भण्डारीले पनि शिक्षा सम्बन्धि गर्दै आएको र गर्ने कार्यक्रमको जानकारी गराउनुभएको थियो । उहाले यो कार्यक्रम देवदह नगरपालिकाको ६ वटा विद्यालयमा सञ्चालन भैरहेको बताउनुभयो। उहाले शिक्षाको गुणस्तर बढाउनको लागि सरोकारवाला संग छलफल गरि देवदहस्तर कार्यक्रम ल्याउन पहल गर्ने, देवदहमा बालमैत्रीक विद्यालय बनाउन पहल गर्ने, शैदान्तिक शिक्षा भन्दा प्रयोगात्मक शिक्षा दिगो हुन्छ भन्ने मान्यतालाई सार्थक बनाउन लेसनको कुरालाइ जोड दिने, विद्यार्थीलाई पढ्न रमाई रमाई पढ्ने बानी बसाल्नको लागि विभिन्न कार्यक्रम गर्ने जानकारी गराउनुभएको थियो ।
संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख रामकृपा धोबि, देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह नगरपालिका नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, देवदह नगरपालिका वडा न, ८ का अध्यक्ष हरि पाण्डे, ४ का अध्यक्ष दमननाथ रेग्मी , २ का अध्यक्ष दल बहादुर राकसकोटी, कार्यपालिका सदस्य शान्ता भट्टराई , देवदह नगरपालिका शिक्षा शाखा अधिकृत पर्शुराम ढकाल लगाएत अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाको व्यवस्थापक मेनुका न्यौपानेको स्वागत र एलिना हमालको सञ्चालनमा भएको थियो ।