बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिकामा सबै नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन्। कार्यपालिका निर्वाचनमा एमालेका ८ जना उम्मेदवारहरु बिजयी बनाउन सफल भएको एमालेले जनाएको छ।
सैनामैना नगरपालिकाका नगर प्रमुख सहित ४ जना वडा अध्यक्ष र १२ जना वडा सदस्य गरि १७ जनाले जितेको सत्ता गठबन्धन कार्यपालिकामा भने अल्पमतमा परेको छ । त्यस्तै उप प्रमुख सहित ७ वटा वडा अध्यक्ष र ३२ जना वडा सदस्य जितेको नेकपा एमाले कार्यपालिकामा बलियो देखिएको छ।
निर्वाचनबाट एमालेका टेक बहादुर बिश्वकर्मा, डोल बहादुर सार्की, सूरज बराल, दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, मायादेवी बिक, मिरा क्षेत्री र सिता थारु निर्वाचित भएका छन्।
अव सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा १२ जना नेकपा एमालेका र सत्ता गठबन्धन ५ जना सदस्य रहेका छन् भने ६० सदस्यीय नगरसभामा एमालेका ४३ जना सहित बहुमतमा रहेको र गठबन्धनका १७ जना सदस्य रहेको नेकपा एमाले सैनामैना नगर कमिटी उपसचिव लेखनाथ खनालले बताएका छन् ।