बुटवल । मंगलबार सेयरबजारमा ठुलाे पहिरो गएको छ । नेप्से परिसुचक २७ सय विन्दुमा झरेको छ ।
२८९९.९८ विन्दुबाट आजको कारोबार शुरु भएको थियो ।
बन्द हुने बेलासम्म २७८२.६० बिन्दुमा पुगेको छ । आज १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजार १११.९६ अंकले घटेको हो ।
आइतबार पनि सेयर बजार प्रभावित भएको थियो ।
नेप्से सूचक ७९.८८ विन्दुले घटेर २८९४.५७ अंकमा आएर अडिएको थियो ।
अल्पकालीन कारोबारीले नाफा बुक गर्दा बजारमा बिक्री दबाब परेको अनुमान गरिएको छ ।
यसअघि करिब डेढ महिनाकै अवधिमा सूचक भन्डै १ हजार अंकले बढेको थियो । कतिपय फण्डामेन्टल कमजोर भएका कम्पनीको मूल्य पनि उचालिएको थियो । बजार बढ्दै गएपछि ट्रेडरहरु प्रोफिट बुक गर्न तिर लागेको देखिन्छ ।
घटेको बजारमा तारगाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र दोल्ती पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
३३० कम्पनी सामेल भएको आजको कारोबारमा ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्रि भएको छ ।