सुर्य थापालाई समर्थन गर्दै लौरो अभियानका पोखरेलले लिए उम्मेदवारी फिर्ता

प्युठान। मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट स्वतन्त्र उम्मेदवारी दिएका लौरो अभियानका माधव पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले त्यहाँ प्रतिनिधिसभाका लागि नेकपा एमालेका उम्मेदवार सुर्य थापालाई आफूले सहयोग गर्ने बताएका छन् । थापा र आफुले बोकेको एजेण्डा साझा भएकाले थापालाई नै सघाएर चुनावमा जाने लिखित सहमती समेत गरिएको पोखरेलले बताएका छन। प्यूठान जिल्लालाई प्रत्यक्ष रुपमा हवाई मार्गसँग जोड्नका लागि नियमित संचालन हुने गरी विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण गर्न पहल गर्ने र विमानस्थलदेखि पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारीसम्मको सडकलाई सुरक्षित, व्यवस्थित र नियमित रुपमा संचालन हुनेगरी निर्माण गर्ने एजेण्डा दुवैका साझा प्रतिवद्धता हुन् ।
उनले आफ्ना समर्थकलाई समेत सुर्य थापालाई भोट दिन अनुरोध गरेका छन् ।

यो क्षेत्रमा सत्तागठबन्धनबाट राष्ट्रीय जनमोर्चाले दुर्गा पौडेललाई उम्मेदवार बनाएको छ।

 

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना