सुर्खेत विमानस्थलको स्तरोन्नतिको काम ठप्प

बिज्ञापन

सुर्खेत । संघीय र कर्णाली प्रदेश सरकारको साझेदारीमा शुरू हुने भनिएको सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी आयोजना अघि बढ्न सकेको छैन । लगत संकलनलगायत प्रारम्भिक कार्यमा स्थानीय बासिन्दाले अवरोध पु¥याएपछि करिब एक वर्षदेखि विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम ठप्प भएको हो । विमानस्थल विकास तथा विस्तारमा कुनै प्रगति नहुँदा आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारले विनियोजन गरेको ५१ करोड र प्रदेश सरकारको ५० करोड बजेट खर्च हुन सकेन । विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०७७ असोजमा द्विपक्षीय समझदारी भएको थियो । हाल एक हजार २५५ मिटर रहेको विमानस्थलको धावनमार्ग विस्तार गरी करिब एक हजार ५०० मिटर पु¥याउने लक्ष्य राखिएको थियो । विमानस्थल विस्तारको काम अघि नबढेपछि स्थानीयवासीले रोक्का गरिएको जग्गा तत्काल फुकुवा गर्न माग राखेका छन् । सुर्खेत नागरिक उड्डयन कार्यालयले २०७७ पुसमा १५ दिन लगत यथास्थितिमा राख्न नगरपालिका, जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयलाई पत्राचार गरेको थियो । कार्यालयले ६०० मिटर उत्तर, ४०० मिटर दक्षिण, २५ मिटर पूर्व र २०० मिटर पश्चिम क्षेत्रमा नयाँ संरचना बनाउन, जग्गा खरिद बिक्री, हक स्थानान्तरण, धितो बन्धकलगायतका सिफारिस नगर्न ती निकायलाई पत्राचार गरेको थियो । त्यही निर्णयका आधारमा वीरेन्द्रनगर वडा नं १०, ११ र १२ वडाका विमानस्थल आसपासका घरजग्गा रोक्का गरिएको हो । सुर्खेत विमानस्थल विस्तार प्रभावित नागरिक सरोकार समितिका संयोजक टीकाराम आचार्यले घरजग्गा रोक्का भएको आठ महिना बितिसक्दा समेत फुकुवा नभएको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।

बिज्ञापन

सम्बन्धित खवर

एक खेल अघि नै एसीसी प्रिमियर कपको समूह विजेता बन्याे नेपाल

गगन र गोकुलको एउटै स्वर: ‘एमाले काङग्रेस मिलौं, साना दलको खुद्रा पसल बन्द गरौं’

आज रातीबाट बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य

एसीसी प्रिमियर कपमा नेपालको हंङकङ बिरुद्ध ८ विकेटको सहज जित

हङकङले नेपाललाई जितको लागि दियो ११५ रनको लक्ष्य

अब बुटवल सहित देशका विभिन्न १८ सहरमा पठाओको सेवा संञ्चालन

एसीसी प्रिमियर कपमा आज नेपाल हङकङसँग खेल्दै

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित