सुकुम्वासी पाण्डेको तिलोत्तमामा २ करोडको जग्गा

बिज्ञापन

बुटवल, बुटवल उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार खेलराज पाण्डेयले भोट माग्ने एउटा नारा आफुलाई गरीव, विपन्न र सुकुम्वासी हो । उनले जतिवेला पनि आफूलाई सुकुम्वासी नेता बताउने गर्छन् । आफ्नो घरघडेरी र कुनै सम्पत्ती नरहेको दावी गर्दै जीवनभर राजनीति गर्दा व्यक्तिगत सम्पत्ति जोड्न नपाएको भन्दै मतदातालाई आफ्नो प्रभावमा पार्ने कोशिस गरिरहेका छन् । कांग्रेस कार्यकर्ताहरुले समेत उनको भ्रम तल्लो तहका मतदातासम्म पुर्याएका छन् । आफूलाई गरीब, बिपन्न र जग्गाजमिन विहीन बताउने पाण्डेको यथार्थता त्यस्तो छैन । पाण्डेय करोडौं रुपैया पर्ने जग्गाका मालिक भएको तथ्य फेला परेको छ । उनको नाममा तिलोत्तमा नगरपालिका वडा नं.६ मा पर्ने साविक आनन्दवन गाविस १ (ख) मा जग्गा छ । उनले २ कठ्ठा सबा ३ धुर जग्गा बाबुको नामबाट बकसपत्र लिएका हुन् । बाबु लिलाबल्लऊ पाण्डेले २०६८ साउनमा बकसमार्फत उक्त जग्गा लिएको प्रमाण मालपोत कार्यालयमा छ । उक्त जग्गाको मूल्य अहिले करिब २ करोड रुपैया पर्ने स्थानीयले बताए । सो ठाउँमा पाण्डेयका बाबुको नाममा १० कठ्ठा जग्गा छ । उक्त जग्गाबाट २ कठ्ठा सबा ३ धुर जग्गा छोराको नाममा वकस दिएपछि सो जग्गालाई खेलराजले सगरमाथा बहुउद्देश्य सहकारी संस्थामा रोक्का राखेका छन् । २०७७ मंसिर ८ गते उक्त जग्गा सहकारीबाट रोक्का गरिएको हो । उनका निकटतम ब्यक्तिका अनुसार पाण्डेले चितवनमा एक विगाहा जग्गासमेत खरिद गरेका छन् ।

बिज्ञापन
लालपुर्जामा नदेखिएकाले फिचरमा तस्वीर सम्पादन गरि राखिएको छ ।

सम्बन्धित खवर

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

दीपेन्द्रको आक्रामक ब्याटिङ्ग संगै नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी

एसीसी प्रिमियर कपमा नेपाललाई मलेसियाले दियो १४४ रनको लक्ष्य

एसीसी प्रिमियर कपमा पहिलो खेल आज नेपालले मलेसिया संग खेल्दै

मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको बिचारले निर्देशित गर्दै आएको छ – एमाले सचिव अर्याल

महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकालाई २ दिने क्षमता विकास तालिम सम्पन्न

न्यू लुम्बिनी ई.बो स्कुल र श्रीकृष्ण पोलिक्लिनिक प्रा.लि बिच सम्झौता