सिद्धबाबा सुरुङमार्ग निर्माणको टेन्डर प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । गत जेठमा आह्वान भएको उक्त सुरुङमार्ग निर्माणको टेन्डरमा सहभागिता जनाएका नौ कम्पनीमध्ये चारओटा कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएसँगै सडक विभागले आर्थिक प्रस्ताव खोल्ने मिति तोकेको छ ।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि विभिन्न नौओटा कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको छ । र त्यसमा चारओटा कम्पनी छनोट गर्दै विभागअन्तर्गतको गुणस्तर अनुस’न्धान तथा विकास केन्द्रले अर्को बुधवार अर्थात् पुस २८ गते दिउँसो १ बजेट आर्थिक प्रस्ताव खुला गरिने जानकारी दिएको छ ।

मंगलवार सूचना जारी गर्दै केन्द्रले सुरुङमार्ग निर्माणका लागि प्राविधिक प्रस्ताव स्वीकृत हुने चारओटा कम्पनीको नाम सार्वजनिक गरेको छ । सूचनाअनुसार ती चारओटै कम्पनी एकै देश अर्थात् चिनियाँ कम्पनी रहेका छन् । आर्थिक प्रस्ताव खुला गरेपछि कम बिड हाल्ने कम्पनीलाई सुरुङमार्ग निर्माणका लागि जिम्मा दिइने छ । यसअघि प्रस्ताव स्वीकृत नहुने कम्पनीहरूले दाबी विरो’ध गर्न पाउने नियम छ ।

केन्द्रका अनुसार प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीहरूमा चाइन फस्र्ट हाइवे इन्जिनीयरिङ कर्पोरेशन, सीओभीईसी–सीआरईजीसी जेभी, चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन र सीसीईसीसी–सीआरसीसी १४–सियुयान जेभी छन् । यी कम्पनीमध्ये आर्थिक प्रस्ताव स्वीकृत भएपछि एउटा कम्पनीले निर्माणको जिम्मा पाउनेछ ।चारओटै चिनियाँ कम्पनी भएकाले सिद्धबाबा सुरुङमार्ग चिनियाँ कम्पनीले बनाउने निश्चित देखिन्छ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने