साहुसँग ५० लाख फिरौती माग्नेलाई प्रहरीद्वारा सार्वजनिक

दाङ। आफू अपहरणमा परेको नाटक गरि आफ्नै साहु सँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई दाङमा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका हरीप्रसाद रिजालको ड्राईगन फ्रुट कृषि फर्ममा काम गर्दै आएका २४ वर्षीय जनक देवकोटालाई प्रहरीले लमही नगरपालिका ९ अमेलिया जंगलबाट नियन्त्रणमा लिई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

बिज्ञापन

देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । आफु अपहरणमा परेको नाटक गरि मध्यरातमा म्यासेज मार्फत ५० लाख रुपैयाँ नदिए देवकोटालाई सिध्याईदिने धम्की दिएका थिए । फागुन २७ गते फर्ममा प्लाष्टिकको पाईपमा कालो टेपले बेरेर बम जस्तो बस्तु राखेका थिए । उक्त बस्तुलाई नेपाली सेनाले डिष्पोज गरेको थियो । त्यसपछि ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको पार्टी र स्वंयले अमेरिकी सहयोग सम्झौता एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा नो एमसीसी लेखेको पत्र राखेका थिए । लगत्तै चैत्र ६ गते देवकोटा तुलसीपुर बजार जान्छु भनि निस्कीएको र त्यहाँबाट बैंकमा गई उनी नेपालगञ्ज गएका थिए ।

बेलुका घरमा श्रीमती पवित्रा देवकोटालाई तपाईको बुढो हामी सँग सुरक्षित छ हामी एउटै पार्टीका रहेछौ हजुर आफु सुरक्षित ठाउँमा जानु होस, हामी हजुरको बुढोलाई केही गर्दैनौ, हामीले हरिप्रसाद रिजाल सँग बदला लिनु छ भनेर मोवाईलमा म्यासेज लेखेर सम्पर्क विहीन भएका थिए । त्यसपछि प्रहरीले जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी स्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हृदेयस सापकोटाको टोली उद्धार र असन्धानमा खटेको थियो ।

बिज्ञापन

देवकोटाले रिजालको घर व्यवहारका बारेमा सबै बुझेकाले सजिलै सँग पैसा कमाउने सोचले उक्त घटना रचेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । देवकोटा बिरुद्ध झुठा अफबाह फैलाउन नहुने कसुरमा मुलुकी फैजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० (झुठा अफबाह फैलाउने) र सोही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम बिष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तरगत मुद्धा चल्ने उनको भनाई छ ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन