सामाजिक सेवा समूह देवदह प्यानलको अध्यक्षमा सुरेश सुनार चयन

देवदह । सामाजिक सेवा समूह फाउन्डेसन नेपाल देवदह प्यानलको अध्यक्षमा सुरेश सुनार (आविष्कार) चयन भएका छन् । संस्थाको सनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा एवम् पहिलो अधिवेशनले सुनारलाई आगामी दुई बर्षको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा संस्थाको निवर्तमान सह सचिव अनिता क्षेत्रीलाई चयन गरेको छ । त्यस्तै सचीवमा सन्ध्या थापा र कोषाध्यक्षमा निकिता भट्टराई सर्वसम्मत चयन गरेको छ । यसैगरी सदस्यहरुमा प्रविन सारु, अञ्जु कुमारी चौधरी र एक जना पछि मनाेनित गरिने संस्थाले जनाएको छ ।

अधिवेशनमा केन्द्रिय समितिका कार्यवाहक अध्यक्ष रोहित वाग्ले, संस्थापक उपाध्यक्ष रबि रेग्मी, केन्द्रिय कोषाध्यक्ष तथा बुटवल शाखाका अध्यक्ष मदन पोख्रेल लगाएतको उपस्थिति रहेको थियो ।

संस्थाले आफ्नो स्थापना कालदेखि नै विशेष गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ।

 

 

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने