सहिद दुर्गा तिवारी स्मृति चौथो सि लेबल व्याडमिन्टन प्रतियोगीताको उपाधी गुरुङ र खातीको जोडीलाई

बिज्ञापन

देवदह । सहिद दुर्गा तिवारी स्मृति चौथो सि लेबल ब्याडमिन्टन प्रतियोगितामा खैरेनीका आशिष दिप गुरुङ र सुवास खातीको जोडी च्याम्पियन भएको छ । जन जागरण युवा क्लब देवदह ४ सिगाँहाको आयोजनामा उक्त व्याडमिन्टन प्रतियोगिता भएको हो।

बिज्ञापन

सिगाँहा ब्याडमिन्टन कोर्टमा भएको फाइनल खेलमा आयोजक टोलीका महेन्द्र थापा मगर र विकास थापाको जोडीलाई पराजित गर्दै सो जोडीले प्रतियोगिताको उपाधि जितेको हो। त्यस्तै खैरेनीका दिनेश पराजुली र अर्जुन थापाको जोडी र असनैयाका अतित सुनार र रगु गुरुङको जोडि तेश्रो भएका थिए। उक्त प्रतियोगितामा २५ टिम सहभागीता रहेको खेल संयोजक विकास थापाले जानकारी दिनुभयो ।

बिज्ञापन

प्रतियोगितामा प्रथम हुने समुहले नगद रु १५ हजार, कप, मेडल र प्रमाणपत्र दोस्रो हुनेले नगद रु ८ हजार, कप, मेडल र प्रमाणपत्र, तेस्रो हुने २ समुहले नगद रु ५ /५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

क्लबका अध्यक्ष गोपाल पाण्डेको अध्यक्षतमा भएको कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यता, देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीको बिशिष्ट आतिथ्यता, संस्थाका सल्लाहकार चक्रपणी तिवारी, टंकनाथ पाण्डेय, जगदिश तिवारी, वडा सदस्य कल्पना हमाल, सहकारी अभियान्ता प्रकाश अर्याल, प्रेस चौतारी नेपाल का यम राना, रेडियो देवदहका अध्यक्ष प्रजापति सापकोटा, शैक्षिक, सामाजिक र राजनैतिक व्यक्तित्व बेद गिरी, मित्रलाल न्यौपाने, बन्दु कुमाल, एकनारायण न्यौपाने, रमा न्यौपाने, भुपराज न्यौपाने, सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानका अध्यक्ष दिपेश मल्ल, जन एकता टोल बिकास समितीका अध्यक्ष सरस्वती पराजुली, विध्यालय व्यवस्थापन समितीका अध्यक्ष लोकनाथ पाण्डे, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष कमल पौडेल, हरियाली महिला समुहका पूर्व अध्यक्ष तथा स्वास्थ्य स्वंम सेविका उमा पाण्डे, हरियाली महिला समुहका अध्यक्ष मिना तिवारी, सचिव सरिता खत्री, श्रृजनशिल आमा समुहका अध्यक्ष सुमित्रा सिंह ठकुरी लगायतको आतिथ्यता रहेको थियो।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै