सहिद दुर्गा तिवारीको स्मृतिमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

बिज्ञापन

सुरज भट्टराई //रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ सिगाहामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्री जन जागरण युवा क्लब देवदह ४ सिगाँहाको पुर्व अध्यक्ष स्व.दुर्गा तिवारीको स्मृतिमा आईतवार बृहत रक्तदान कार्यक्रम श्री जन जागरण युवा क्लबको आयोजना सहिद दुर्गा वसन्त प्रतिष्ठान, लायन्स क्लब अफ देवदह , हरियाली आमा समूह , सृजनसिल आमा समूहको सहयोगमा  भएको हो ।

बिज्ञापन

रक्तदान कार्यक्रमको उद्धघाटन देवदह नगरपालिकाको कार्यवाहक प्रमुख विद्या लक्ष्मी गुरुङले गर्नु भएको थियो । उक्त कार्यक्रममा देवदहका विभिन्न सामजिक व्यक्तित्वहरुले रक्तदान गरी ३३ पिन्ट ब्लड जम्मा गरेको कार्यक्रमका संयोजक बलराम पाण्डेले जानकारी  दिएका थिए । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्दै प्रत्येक रक्तदाता जिवनदाता हो भन्ने उदेश्यका साथ स्वा. दुर्गा तिवारीको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको देवदह नगरपालिकाको कार्यवाहक प्रमुख विद्या लक्ष्मी गुरुङले स्व दुर्गा तिवारीलाइ स्मरण गर्दै उनले देखाएका सपना पूरा गर्न सम्पुर्ण युवाहरूलाई एकजुट भई लाग्न अनुरोध गर्नुभएको थियो। साथै देवदह नगरपालिका भित्रका नागरिकलाई रगतको आवश्यकता परे नगरपालिकाले १५ पिन्ट सम्म नि:शुल्क रगतको व्यवस्था गरिदिने जानकारी दिनुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा सहिद दुर्गा तिवारीको दाजु तथा सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानका संरक्षक चक्रपाणि तिवारी, सहिद दुर्गा वसन्त प्रतिष्ठानका अध्यक्ष दिपेश मल्ल, नेपाल रेड क्रस देवदह उपशाखा सभापति कृष्ण न्यौपाने लगाएतले बोल्दै स्व दुर्गा तिवारीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम क्लबका अध्यक्ष अजय चापागाईंको अध्यक्षता र क्लबका उपाध्यक्ष गोपाल पाण्डेको संचालनमा भएको थियो ।

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो