सल्यानमा जीप दुर्घटना हुंदा ८ जनाको मृत्यु, १ जना घाइते

सल्यान । सल्यानमा जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्र्तगत सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी र वनस्पती कार्यालयको विचको डाँडामा डवल क्याब जीप दुर्घटना भएको हो । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटगाउँपालिकाको रिम तर्फ आउँदै गरेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ ज ५६३ नम्वरको डबल क्याब जीप विहान साँढेँ ३ वजे तीर दुर्घटना भएको हो । दुर्घटनामा ८ जना मृत अवस्थामा फेला परेका छन् भने एक जना गम्भिर घाइतेकोे उद्धार गरि उपचारका लागि तुलसीपुर पठाइएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो । नौं जना यात्रु सवार जीप भीरदेखी डेढ सय मिटर तल खसेर दुर्घटनामा परेको छ।  घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना