सर्वाधिक कर तिर्ने करदाता विजयबहादुर शाह र नेपाल टेलिकम सम्मानित

काठमाण्डाै ।  सरकारले सर्वाधिक कर तिर्ने करदातालाई आज सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवस २०८० को समापन कार्यक्रमको अवसरमा करदातालाई सम्मान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

व्यक्तिगत आयबाट सबैभन्दा धेरै कर तिर्ने उद्यमीका रुपमा विजयबहादुर शाह लाइ सम्मान गरेकाे हाे । उनी हिमालयन डिस्टिलरी लिमिटेडका संस्थापक हुन ।

संस्थागततर्फ सबैभन्दा बढी आय कर नेपाल टेलिकमले तिरेको छ । सरकारी स्वामित्वको टेलिकमलाई पनि सम्मान गरिएको छ । त्यसैगरी वित्तीय संस्थाका तर्फबाट सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई पनि सम्मान गरिएको छ । रेमिट्यान्स कम्पनीमा आईएमईले सर्वाधिक कर तिरेकोमा सम्मानित भएको छ ।

सबैभन्दा धेरै निर्यात कारोबार गरेकोमा डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्ट्स, कृषि एवम् पशुबाट ओसीबी फुड्स एण्ड फिट्स, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्त संस्थाले उत्कृष्ट करदाताको सम्मान पाएका छन् ।

बीमा व्यवसायमा लाइफ इन्स्याेरेन्स कर्पोरेसन, स्वास्थ तथा शिक्षामा नेपाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारको कारोबार भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेको छ ।

मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज रहेको छ । आयकर, मूल्य अभिवृद्धि करसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) तर्फ सूर्य नेपाल प्रालि यी दुई विधामा सम्मानित भएको छ ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी