सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका मन्त्रिपरिषद‍्बाट स्वीकृत

मन्त्रिपरिषदको बैठक काठमाडौँ, ५ पुसः प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बसेको मन्त्रिपरिषदको बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

बुटवल । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयाेग गर्ने सम्बन्धी निर्देशिका -२०८० मन्त्रिपरिषदबाट स्वीकृत भएकाे छ ।

आज बिहीवार बसेकाे मन्त्रिपरिषद् बैठकले याे निर्देशिका स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

यस्तै बैठकले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति २०७९ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने निर्ण भएकाे मन्त्री शर्माले बताउनुभयाे ।

उहाँका अनुसार सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रूपमा तोक्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना