सभामुखद्धारा पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा सत्ता पक्षको ‘गोटी’ बनेका छन् । आज बसेको प्रतिनीधिसभाको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बैठक संचालन गरेका छन् । नारावाजीका बीच बैठक सुचारु गरेका सभामुखले माननीय प्रेम सुवालले पेश नै गर्न नपाएको प्रस्तावलाई  निर्णयार्थ स्विकृत मात्र गर्नसमेत भ्याएका छन् । संसदको मर्यादा कायम नभएको कुरा उठिरहेका बेला सभामुख सापकोटाले पेश नै नभएको प्रस्तावलाई निर्णयार्थ पेश गरेर संसदको भद्दा मजाक प्रस्तु गरेका छन् ।

बिज्ञापन

सभामुखले आर्थिक अध्यादेश अश्वीकार गर्ने प्रस्ताव पेस गर्न सुवाललाई आफू बसेकै ठाउँबाट बोल्न समय दिएपनि सुवालले प्रतिपक्षको नारावाजीका बीच आफ्नो कुरा नसुनिने भन्दै रोष्टमबाट बोल्न पाउँ भनी आग्रह गर्नुभएको थियो ।  ।
त्यसक्रममा केहीबेर सभामुख र सुवालबीच सवालफजवाफ चलेको थियो ।   सुवालले आफूले आफ्नो प्रस्ताव नै पेस नगरेको भन्दै त्यसलाई अश्वीकृत गर्ने प्रक्रिया कसरी अघि बढ्यो भन्दै आपत्ति जनाउनुभयो ।

तर, सभामुखले सुवालले प्रस्ताव फिर्ता लिन नचाहेको भन्दै पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका हुन् र । नारावाजी चलिरहेका बेला सभामुखले बहुमतले उक्त प्रस्ताव अश्वीकृत भएको घोषणा गरे ।
सभामुख अग्नीप्रसाद सापकोटा एमाले विभाजन गर्ने काममा सत्ता पक्षको गोटी कबनेका थिए । उनले एमालेले कार्वाही गरेका १४ जना सांसदको पत्र टाँस नै नगरी झुलाएर हप्तौ राखेका थिए । सभामुख अग्नीप्रसाद सापकोटाले एमाले विभाजनका लागि सत्ता साझेदारदलसँग गरेको मिलोमतोका विषयमा एमालेले निरन्तर संसदमा आवाज उठाइरहेको छ । सभामुख अग्नीप्रसाद सापकोटा भने विपक्षीको कुरा सुननुको साटो झन्झन् अनुदार र सत्ता पक्षको ‘गोटी’ बनेको चर्चा छ ।

बिज्ञापन

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर