सन्दीपलाइ गौशाला २६ काे एसएमएस ‘जति एटेन्सन सिक गर्ने हो जेलबाहिर हुँदै गर’,

बिज्ञापन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गरेकी गौशाला २६ (नाम परिवर्तन) ले आज इजलाससमक्ष आफ्नो संक्षिप्त भनाइ राखिन् । दुवै पक्षको बहस सकिएपछि उनले बोल्नका लागि समय मागेकी थिइन् ।

बिज्ञापन

न्यायाधीश शिशिरराज ढकालले अनुमति दिएपछि उनले करिब ३ मिनेट बोलेको स्रोतले बतायो । आफूले केही दिनअघि सन्दीप लामिछानेलाई ‘धम्कीपूर्ण’ म्यासेज पठाएको उनले इजलास समक्ष स्वीकारेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार गौशाला सन्दीपलाई ‘जसरी पनि जेल हाल्ने’ आशयसहित म्यासेज गरेकी थिइन् । यस विषयमा आज सन्दीपका वकिलहरुले इजलासमा गुनासो गरेका थिए । यही विषयमा गौशालाले प्रष्टीकरण दिएको स्रोतले बतायो ।

बिज्ञापन

‘हो मैले उसलाई ‘जति एटेन्सन सिक गर्ने हो जेलबाहिर हुँदै गर’, भन्दै सन्देश पठाएकी हु, उनको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो ।

आफ्नो भनाइ राखेपछि फैसला नहुँदै गौशाला अदालतबाट बाहिरिएकी छिन् । उनी एक व्यक्तिसँग मोटरसाइकलमा चढेर अदालतबाट बाहिरिएकी हुन् ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व