सगरमाथामा स्वर्णीम आइ टि क्लव गठन संगै यूवा संसदीय वहस सम्पन्न

सगरमाथा आवासीय मा.वि. देवदहमा स्वर्णीम आइ टि क्लव गठन संगसंगै यूवा संसदीय वहस सम्पन्न भएकाे छ ।

देवदह -०७ शीतलनगरमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाइ नेपालको संसदीय वहस र प्रकृयाको बारेमा अवगत गराउने उद्देश्यले  यूवा संसदीय वहस कार्यक्रम प्रतियोगीताको रुपमा सम्पन्न गरिएको हाे ।

कार्यक्रम विद्यालयका सह प्राचार्य प्रदिप अधिकारीको अध्क्षयता र जय भण्डारीको संचालनमा सम्पन्न भएकाे थियो ।

विद्यालयका संयोजक भिम कुमारी गुरुङ्ग र विमल तिवारीको विशेष सक्रियतामा संचालीत उक्त कार्यक्रममा शिक्षक कृष्ण आचार्य र विद्याथी सन्तोषी सापकोटाले निर्णायकको भूमिका निर्वाह गर्नुभएकाे प्रतियोगितामा कुसल पाण्डेय, भरत राना र शिक्षा पौडेलको समूह प्रथम सुस्मिता भुसाल, राम बहादुर खत्री र शीशिर भण्डारीको समूह द्धितिय र नन्दनी गुरुङ, झरना थापा र सुजन रानाको समूह तृतीय स्थान हासिल गरेको  सगरमाथा आवासीयले जनाएकाे  छ ।

साथै सगरमाथा आवासीय मा.वि मै स्वर्णीम आइ टि क्लव गठन समेत भएकाे छ ।

सगरमाथा आवासीय मा.वि.मा कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्याथीहरुलाई एक उत्प्रेरणात्मक कार्यक्रम संचलान गर्दै । कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई आधुनिक प्रविधि र सुचना प्रविधि सँग साक्षात्कार गराउने उद्देश्यले  विषेश उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलको अध्यक्षता र शिक्षक दिपेश विक्रम मल्लको संचालनमा सम्पन्न  कार्यक्रममा विषय विज्ञ लोकेन्द जर्गाले वर्तमान समयमा सुचना प्रविधिको महत्व र यसको व्यावहारिक प्रयोगका बारेमा विद्याथीहरुलाई सुचीत गर्नुभएकाे थियाे ।

कार्यक्रममा सह प्राचार्य प्रदिप अधिकारीले स्वागत एवं शुभकामना मन्तव्य रहेकाे कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी साहिल सोमरेको अध्यक्षतामा ७ सदस्यीय स्वर्णीम आइ.टि क्लव गठन गरेको छ। समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिव शिक्षा पौडेल कोषाध्यक्ष पूर्णीमा पाण्डे र सदस्यहरुमा सुरेन्द पासी र भरत राना रहेका  कार्यक्रमलाई विद्यालयका शैक्षिक संयोजक भिम कुमारी गुरुङ्गले सहजीकरण गर्नुभएकाे थियाे ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने