सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

बिज्ञापन

देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित सगरमाथा आवासिय मा.विमा खुल्ला एस.ई.ई २०८० महिला भलिबल प्रतियोगिता सुरु भएको छ । विद्यालयले एस ई ई दिएर बसेका विद्यार्थीको लागि उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गर्नु भएको हो ।

बिज्ञापन

प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले सगरमाथा आवासीय मा.विले शैक्षिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नु भएको थियो । उहाले विद्यायले पढाइ मात्र नभई, खेलकुद तथा अन्य सामाजिक क्रियाकलाप समेत विद्यालयले गर्दै आईरहेको र यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन पनि जोड दिनुभयो । उहाले एस ई ई दिएर बसेका विद्यार्थीहरुको लागि आयोजना गरिएको यस प्रतियोगिताले विद्यार्थीको शारीरिक र मानसिक दुबै पक्षको विकास समेत हुने बताउनुभयो ।

कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, सगरमाथा आवासीय मा.वि का प्रचार्य कृष्ण प्रसाद पौडेल लगाएतले बोल्दै प्रतियोगिताले देवदह क्षेत्र भरी रहेका विद्यार्थीहरु बिच आपसी सम्बन्ध बलियो हुने र अनुभव साट्न प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

बिज्ञापन

प्रतियोगितामा पहिलो हुनेले ८ हजार र प्रति खेलाडी १० हजार बराबरको छात्रवृत्ति, दोस्रोले नगद ६ हजार र प्रति खेलाडी ८ हजार बराबरको छात्रवृत्ति, तेस्रोले ४ हाजर र प्रति खेलाडी ६ हजार बराबरको छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता ६ समुह सहभागी रहेका छन् ।

कार्यक्रम विद्यालयका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षता र स्वर्णिम सगरमाथा कलेजका संयोजक दिपेश मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल