संविधान दिवसकाे अवसर पारेर खुल्ने भयो धरहरा; सर्वसाधारणलाई निःशुल्क

बिज्ञापन

काठमाण्डाै । सरकारले संविधान दिवसको अवसरमा आधुनिक धरहरा सर्वसाधारणको लागि खुला गर्ने भएको छ । शहरी विकास मन्त्रालयले बिहीबारदेखि औपचारिक रुपमा सर्वसाधारणको लागि आधुनिक धरहरा खुला हुने जनाएको हो।

बिज्ञापन

मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार धरहरा चढ्न सर्वसाधारणले तत्काल शुल्क तिर्नुपर्ने छैन ।

सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको इकाइले जनाएको छ । इकाइले निःशुल्क प्रवेश गर्ने अनलाइन टिकटको लागि वेबसाइट बनाइरहेको छ । dharhara.gov.np मार्फत धरहरा चढ्ने अनलाइन टिकट बुक गर्न सकिनेछ ।

बिज्ञापन

वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन मिल्ने व्यवस्था हुँदै गरेको इकाइले जनाएको छ । सोहीअनुसार टिकट स्क्यान गरेर निःशुल्क आधुनिक धरहरा चढ्न पाइनेछ ।

एक दिनमा अधिकतम ५०० जना सर्वसाधारणले निःशुल्क धहरार चढ्न पाउने इकाइका आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार त्यसबाहेक थप १०० जना वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्तिहरु चढन् पाउनेछन् ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहरा खुला गर्ने तयारी गरेको थियो । नवनिर्मित आधुनिक धरहराको कन्स्ट्रक्सनको काम अझै सकिएको छैन । भोलिदेखि मुख्य संरचनाहरुमात्र सञ्चालनमा ल्याइने इकाइका आयोजना निर्देशक अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षअघि नै निर्माणाधीन अवस्थामै धरहराको उद्घाटन गरेकाले पुनः धरहरा उद्घाटन गर्ने कार्यक्रम नरहेको विभागले जनाएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक धरहराको ठुटो त्यत्तिकै राखेर निर्माण गरिएको आधुनिक धरहराको काम अन्तिम चरणमा पुगेको छ । यसअघि सातौं पटक म्याद थप गरेको निर्माण कम्पनीले गत असारमै काम सम्पन्न गरी हस्तान्तरण गर्ने भनेको थियो ।

भूकम्पले क्षति पुर्‍याएको तीन वर्षपछि २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको शिलान्यास भएको थियो ।

आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । माथि पुग्न दुई वटा लिफ्टको साथै सिँढीको पनि व्यवस्था गरिएको छ। ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बगैंचा, संग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल सञ्चालनमा आउनेछ । धरहरा परियोजनाअन्तर्गत यात्रु प्रतीक्षालय तीन महिनाअघि नै सञ्चालनमा आइसकेको छ ।

यस्तै धरहराभित्रको बेसमेन्टको पार्किङ पनि काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याइसकेको छ । यहाँ ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

सम्बन्धित खवर

जीप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

लुम्बिनी पानाको ‘पर्यटन विशेष विशेषाङ्क’ सार्वजनिक

प्रथम बुद्ध मावली क्रिकेट कप ; चुरे शिखर क्रिकेट क्लब दोश्रो चरण प्रवेश

प्रथम बुद्ध मावली क्रिकेट कप; टटेरा व्याईज र देवदह आदर्श विजयी

प्रथम बुद्ध मावली क्रिकेट कप; आयोजकलाई १४८ रनले हराउदै काठमाडौं क्यापिटलस् विजयी

हिमालयन लाईफ ईन्स्योरेन्सद्धारा बिमा रकम हस्तान्तरण

परिस्थितीलाई दोष दिएर सहकारीका समस्या समाधान नहुने : अध्यक्ष ढकाल

प्रथम बुद्ध मावली क्रिकेट कप ; तेश्रो दिनको खेलमा आयोजक र रोयल वारियर्स विजयी