संविधानको रक्षक बन्ने नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुको प्रतिबद्धता

बुुटवल। लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेद्वारलाई विहिबार बुटवलमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै विजयी राष्ट्रियसभाका सदस्यहरुले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वोपरी मानेर काम गर्ने प्रतिबद्धता जनाएका हुन ।
नेकपा एकिकृत समाजवादीका तर्फबाट विजयी राजेन्द्रलक्ष्मी गैरैले जनता र संविधान रक्षामा लाग्ने बताईन । उनले गठबन्धनका उम्मेद्वारको विजयले प्रतिगमनकारी र दम्भीहरु पराजित भएको बताईन । उनले केपि ओली नेतृत्वको एमाले बलियो भएको भनिएको लुम्बिनीको राष्ट्रियसभाबाट पछार्न सफल भएको बताईन ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट विजयी भएका तुलप्रसाद विश्वकर्माले संविधान, संसद, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशि समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्ने प्रतिगमनकारी शक्तिलाई राष्ट्रियसभाको निर्वाचनले परास्त गरेको बताए । उनले देश र जनताका समस्याहरुलाई निकास दिन राष्ट्रियसभा सदस्यको हिसाबले पूरा गर्ने प्रतिबद्धता जनए। उनले गठबन्धनबाट विजयी हुँदा समग्र देश र प्रतिगमनकारी शक्तिले पराजय भोगेको बताउँदै आफूहरुले गल्ती गर्दा सजग गराउन आग्रह गरे ।
नेपाली काँग्रेसका तर्फबाट विजयी भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी थिएनन । उक्त अवसरमा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले लुम्बिनी प्रदेशमा सचेत जनप्रतिनिधिले फ्लोरक्रस गरेर समेत गठबन्धनका उम्मेद्वारलाई भोट दिएको बताए । उनले पञ्चायत, बहुदल र गणतन्त्र ल्याउन जसरी वामपन्थी र प्रजातान्त्रिक शक्तिको गठबन्धन सफल भएको उल्लेख गर्दै अहिले केपि ओलीले चालेको संविधान विरोधी र प्रतिगमनकारी कदमलाई परास्त गरेको बताए ।
उक्त अवसरमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला उपसचिव सरिता श्रीसले बोल्दै गठबन्धनबाट विजयी भएकाहरुलाई जनता र संविधानको पक्षमा दृढताका साथ उभिन शूूभकामना दिए । लुम्बिनी प्रदेशमा बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका तीनै जना उम्मेद्वार विजयी भएका थिए ।

बिज्ञापन

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर