संयुक्त साहित्यिक संगालो युगीन २ विमोचन

देवदह । रुपन्देहीको देवदहमा संयुक्त साहित्यिक संगालो युगीन २ को विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । युगीन साहित्य समाज नेपालको आयोजनामा खैरेनी स्थित पाठक फुड ल्याण्डमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी वरिष्ठ साहित्यकार बनमाली निराकरले मुक्तक वाचन गरि गर्नु भएको थियो ।

युगीन साहित्य समाज नेपालका अध्यक्ष सुशील सापकोटाको अध्यक्षतामा सम्पन्न युगीन २ विमोचन तथा रचना वाचन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार बनमाली निराकारले साहित्यको विकासका लागि युगीनले गरेका साहित्यिक कार्यक्रमहरुको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममै बोल्दै साहित्यकार डा. श्याम न्यौपाने, नमाकान्त पाण्डे, नारायण प्रसाद भण्डारी, युगीन साहित्य समाजका निवर्तमान अध्यक्ष यज्ञ न्यौपाने दिपक, पुर्व अध्यक्ष बिनोद उदय, देवदह नगरपालिका वडा नं ४ का पुर्व अध्यक्ष दिपक चापागाईं, युगीन साहित्य समाजका सल्लाहकार राम ब गुरुङ, सामाजसेवी दिपेश मल्ल लगाएतले कृति बिमोचनमा बोल्दै कार्यक्रम पुर्ण सफलताको सुभकामना व्यक्त गर्दै आफ्नो भनाई राखेका थिए ।

उक्त कार्यक्रममा नगर शिक्षा शाखा अधिकृत पर्शुराम ढकाल, अभिषेक तिवारी, गणेश खनाल, पविशा भट्टराई , प्रज्वल दिप, गणेश न्यौपाने , अस्मित रेग्मी, सरोज सर्वहारा, तिलक अन्जान, शोभराज जैसी लगाएतले आफ्नो रचना वाचन गरेका थिए।

कार्यक्रम युगीन साहित्य समाज नेपालका उपाध्यक्ष गणेश न्यौपानेको स्वागत र सचिब बिष्णु विवश पोख्रेलको सञ्चालनमा भएको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने