देवदह // श्री जन जागरण युवा क्लबले आफ्नो २४ औं साधारण सभा तथा अधिवेशन आज सम्पन्न गरेको छ । क्लबले आज बसेको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको हो।
साधारण सभाबाट अध्यक्षमा गोपाल पाण्डे निर्बिरोध चयन भएका छन् । त्यस्तै क्लबको उपाध्यक्षमा महेन्द्र थापा मगर , सचिवमा कबिता न्यौपाने, कोषाध्यक्षमा बलराम पाण्डेय, सदस्य सचिवमा सबिता अधिकारी निर्बिरोध चयन भएका छन्।
क्लबका सदस्यहरुमा क्रमशः ठाकुर पराजुली, सन्तोष पाण्डे, अस्मिता क्षेष्ठ,यम बहादुर थापा (बिकास),राधिका पाण्डे र शेषकान्त भुषाल रहेका छन् ।