श्री खड्ग मा.वि मा बालविवाह विरुद्धको जनचेतनामूलक  सडक नाटक

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं १ स्थिति श्री खड्ग मा.वि मा  बालविवाह विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ। श्री खड्ग मा.वि मा का बालक्लब समुहका बालबालिकाहरुद्वारा नाटक प्रर्दशन गरिएको हो ।

सोइया महिला स्वावलम्बी संस्थाको आयोजना तथा बालक्लब समुहको र खड्ग मा.वि मा सहकार्यमा सडक नाटक संचालन गरिएको सोइया महिला स्वावलम्बी संस्थाको कर्मचारी एलिना हमालले जानकारी दिनुभएको थियो ।

प्रदर्शन गरिएको नाटकको माध्यमले बालविवाह अपराध हो , बच्चामै विवाह गरिदिनाले आमा र बच्चा दुबैको ज्यान खतरा हुने, बालबालिकाको जिवन अन्धकार मात्र नभई भविष्य नै समाप्त हुने , विवाह गर्ने गराउने सबैले कानुनी सजाय भोग्नुपर्ने र  शिक्षा पुरा नहुने हुदा आत्मनिर्भर नभई विभिन्न समस्याको भागीदार हुनुपर्ने लगायतका अभिभावकहरुलाई जनचेतनामुलक सन्देश दिएको थियो ।

उक्त जनचेतनामुलक सडक नाटकमा श्री खड्ग मा.वि मा प्रधानाध्यापक बृज मोहन मिश्र, प्राध्यापक बाबू बस्नेत, सोइया महिला स्वावलम्बी संस्थाको उपाध्यक्ष अप्सरा रोका , सोइया महिला स्वावलम्बी संस्थाको संचालक समिती सदस्य नरमाया आले , नगर बाल सञ्जालको उपाध्यक्ष श्याम मौर्य , उज्यालो लाल्टिन प्रतिष्ठानको सदस्य कबिता न्यौपाने , अस्मिता बलाल, उज्यालो लाल्टिन प्रतिष्ठानको सदस्य तथा नेपाल बाल संगठन रुपन्देही जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई , विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक शिक्षिका ,विद्यार्थीहरु लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन सोइया महिला स्वावलम्बी संस्थाको कर्मचारी रति पराजुलीको संचालनमा भएको थियो ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल