शेयर बजार २३ अङ्कले बढ्दा नेप्से परिसुचक २१ सय १५ विन्दुमा

शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढे नेप्से परिसुचक दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

 

आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साइन रेसुङ्गा विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अङ्कले बजार बढेको दिन तीन सय १७ वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त