शेयर बजार हरियाली; कारोबार रकम साढे दुइ महिनापछिकै उच्च

बुटवल । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो र विजय लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । यस्तै सात वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज इन्फिनिटी लघुवित्त र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को शेयर साढे दुई प्रतिशतले घटेको छ ।

बजारसँगै आज कारोबार रकम पनि बढेको छ । ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब एक करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । यो पछिल्लो साढे महिनायताकै उच्च हो । गएको भदौ ३१ गतेयता कारोबार रकम दुई अर्ब रुपैयाँ पुग्न सकेको थिएन । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना