शेयर बजार एक वर्षपछि २२ सय विन्दुमाथि

काठमाण्डाै । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले बढेर २ हजार २ सय ४ दशमलव ६१ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै १ वर्षपछि २२ सय विन्दुमा पुगेको हो । यसअघि गएको वर्षको साउन ७ गते नेप्से २ हजार २ सय २७ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्ट घटेर २ हजार २ सय विन्दुमा आइपुगेको शेयर बजार त्यसयता २२ विन्दुमा पुग्न सकेको थिएन ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समाज लघुवित्त कम्पनीको शेयर भने साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेर झन्डै ५ महिनापछिकै उच्च भएको छ । आज ३ सय ३१ वटा कम्पनीको २ हजार २ लाख कित्ता शेयर ७ अर्ब ८० लाख रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ ७ गते साढे ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल