शेयर बजारमा आज पनि हालसम्मकै उच्च रेकर्ड; कारोबार २७ अर्ब नाघ्यो

काठमाडौं । शेयर बजारमा सोमबार पनि उछाल आएको छ ।

बजारले आज कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको छ । यसदिन २७ अर्ब २४ करोड बढीको सेयर किनबेच भएको छ ।

आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सूर्यज्योति लाइफ इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्स, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

लगानी र उतपादन तथा प्रशोधन समुह बाहेक सबै समूहमा बढाेत्तरी भएको छ । बजार पुँजीकरण ४५ खर्ब ७१ अर्ब पुगेको छ । आज ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

१ अर्ब २२ करोडभन्दा बढी कारोबार भएको हिमालयन रिइन्सुरेन्स कारोबार रकमका आधारमा अगाडि छ ।

सम्बन्धित खवर

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास