शुक्रबार पाल्पाको अगाहाखोलाबाट छुटेको बस सम्पर्क विहीन

बुटवल । पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस सम्पर्कविहीन भएको छ ।

पाल्पाको अगाहाखोलाबाट शुक्रबार रातिका छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्क विहीन भएको हो ।

अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं जान लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्क हुन नसकेकाे बसधनी विमल अर्यालले जानकारी गराए ।

बसका चालक र सहचालक शुक्रबार मध्यरातदेखि बसका स्टाफसँग सम्पर्क हुन नसकेको अर्यालले बताए ।

‘चालकसहित तीनै जना स्टाफको मोबाइल अफ छ । गाडी भेटिएको छैन,’ अर्यालले भने,‘काठमाडौंमा सबैतिर सम्पर्क गरें गाडी नआएको जानकारी गराएका छन् ।’

मुग्लिङ कट्ने बेलासम्म गाडी चालकसँग सम्पर्क भएको र त्यसपछिको अवस्था अज्ञात रहेको अर्यालले जानकारी गराए ।

अर्यालका अनुसार बसमा १८ देखि २० जना यात्रु रहेका थिए । उक्त बसका यात्रुहरुसँग पनि सम्पर्क हुन सकेको छैन । ‘यात्रुका आफन्तले फोन गर्नुभएको थियो । मेरो पनि सम्पर्क नभएको उहाँहरुलाई बताएँ,’ अर्यालले भने ।

निरन्तरको वर्षाले पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोले पुरिएको गाडीबाट सुरक्षाकर्मीले आइतबार मात्रै १५ शव निकालेको छन् ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना