शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं– नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच ९ बुँदे सहमति भएको छ, जसको आधारमा २९ दिनदेखि जारी शैक्षिक हडताल टुंगिएको छ। शिक्षकहरू भोलिदेखि कार्यमा फर्कनेछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले मन्त्रिपरिषदको निर्णय सुनाउँदै सहमति जानकारी दिएका थिए। यस सहमतिका साथ, शिक्षकहरूले आफ्नो आन्दोलन फिर्ता लिई भर्ना अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन्। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बुधबार शिक्षा मन्त्रालयमा भएको बैठकमा ९ बुँदे सहमति भएको जानकारी दिएका छन्।

सहमति भएका बुँदाहरू:
१. शिक्षकहरूको स्वास्थ्य उपचारका लागि काठमाडौँमा निजामती अस्पतालमा सहुलियत सुविधा उपलब्ध गराइने।
२. अस्थायी शिक्षकहरूको बिरामी बिदा सञ्चित हुने र अवकाशमा एकमुष्ट रकम प्राप्त गर्ने।
३. प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारको तोकिएकै आधारमा व्यवस्था गर्ने।
४. आगामी आर्थिक वर्षबाट स्थायी शिक्षकहरूको ग्रेड र रकम निजामती सरह कायम गर्ने।
५. सबै शिक्षकलाई दुर्गम भत्ता प्रदान गर्ने व्यवस्था गर्ने।
६. सामुदायिक विद्यालयका निजी स्रोत शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने।
७. शिक्षकहरूलाई नेपाल सरकारको मर्यादाक्रम सूचीमा समावेश गर्ने।
८. आन्दोलनका क्रममा घाइते भएका शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने।
९. निम्न माध्यमिक तहका शिक्षकको तलब र ग्रेड मध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह गर्ने।

यस सहमतिको आधारमा, अब शिक्षक र विद्यार्थीहरूको लागि विद्यालयका कार्यक्रम पुनः सुचारु हुनेछन्।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल