देवदह //देवदह नगरपालिका नेकपा एमालेको तर्फवाट नगर प्रमुख पदका उमेदवार धुर्व प्रसाद खरेलले शासकको रुपमा हैन सेवकको रुपमा काम गर्ने बताएका छन् । नेकपा एमाले देवदह ३ को घरदैलो कार्यक्रममा बोल्दै खरेलले ५ बर्षको कार्यकाल सेवकको रुपमा काम गर्ने बताए। उहाले समृद्ध देवदह निर्माणको लागि शिक्षा, स्वास्थ्य, कृषिमा उल्लेखनीय लगानी गर्ने दावी गर्नु भयो । एमाले नेतृत्वको सरकारले अव्यवस्थित र सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरणको काम अघि बढाउने बताउनु भयो।
एमालेबाट देवदह नगरपालिकाको मेयर पदका उम्मेदवार धुर्व खरेल र उप मेयर पदका उम्मेदवार बिद्या लक्ष्मी गुरुङलाई घर गाउँमा पुगेर मत माग्न भ्याईनभ्याई छ ।उनीहरु बुधबार दिनभर देवदह ३ का स्थानीयबासीको घर घरमा पुगेर मत माग्न व्यस्त भए। साथै, देवदह ३ मा वडाअध्यक्षका उम्मेदवार बैकुण्ठ बहादुर कुँवर ,वडासदस्य पदका उम्मेदवार सहितका कार्यकर्ता घर घरमा पुगेर मतदाताहरुसँग मत मागेका थिए । ०७४ सालको स्थानीय निर्वाचनमा पनि कुँवरले उमेदवार थिए र अध्यक्षमा विजयी भएका थिए । उनको पहिलो कार्यकाल सफल रुपमा पुरा भएको नागरिकहरु सुनाउँछन् ।यसपाली पनि कुँवर अध्यक्षमा लड्दै छन् । चुनाब जितेर ‘अधुरा योजनाहरु सम्पन्न गर्ने’ उनको धोको छ।