बुटवल उपमहानगरपालिका वार्ड नं. २ मा एक महिलाको शव फेला परेको छ । मणिमुकुन्द उद्यान सेन फुलवारी जाने बाटो नजिकै रहेको प्रतिक्षालयमा अन्दाजी ४० बर्षिय एक महिलाको मृत्यु भएको देखेपछी स्थानियले प्रहरीलाई खवर गरेका थिए । यो समाचार तयार पार्दा सम्म महिला कुन ठाँउकी हुन कहा जान हिडेकी भन्ने कुरा खुल्न सकेको छैन । वार्ड नं. २ का वडाध्यक्ष रमेश प्रसाद नेपालको रहोवर मा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी निरिक्षकको टोलीले मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ ।