Search
Close this search box.
Search
Close this search box.

विस्तृत शान्ति सम्झौताको १८ वर्ष पुरा: राजनीति बदलियाे, पीडितले अझै न्याय पाउन सकेनन्

शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
बिज्ञापन

बुटवल । विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

बिज्ञापन

दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

बिज्ञापन
शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
शान्ति सम्झौतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

सम्झौतामा उल्लेख भएअनुसार द्वन्द्वको अन्त्यसँगै सेना समायोजन, संविधान निर्माण जस्ता मुख्य कार्यभार सम्पन्न भएका छन् । तर द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाका पीडितले न्याय पाउन सकेका छैनन् ।

वितेका १७ वर्षमा पटक पटक सरकार परिवर्तन भए पनि ती सरकारको नेतृत्वकर्ताबाट आफूलाई न्याय दिन कुनै पहल नभएको पीडितको गुनासो छ । व्यक्ति बेपत्ता, गैरन्यायिक हत्या, यातना तथा यौन हिंसा जस्ता घटनाका पीडित न्यायको पर्खाइमा छन् ।

 सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन गर्‍यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग गरि दुई आयोग बनेका थिए । २०७९ साउन एक गतेदेखि दुवै आयोग पदाधिकारीविहीन छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७ सय १८ उजुरी दर्ता भएको छ । तीमध्ये तीन हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार २ सय ४३ उजुरीमध्ये २ सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ । त्यसमध्ये एक सय ३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको छ । साथै, २ सय ८९ उजुरीमा द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने आधार प्रमाण नदेखिएकाले तामेलीमा राखेको छ ।

आयोगले दुई हजार ४ सय ९६ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ । उजुरीका आधारमा दुई हजार ५ सय १३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । तर उजुरीहरु लथालिङ्ग अवस्थामा रहेका छन् ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.वि ‘स्वर्णीम खेल महत्सव’ सुरु

कोलुवा कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न 

कोलिय स्काउट दलको दिक्षान्त समारोह सम्पन्न

देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सलाई

चर्को स्थानीय ‘कर’प्रति विरोध, कर समायोजनको विषय नगरसभामा लैजाने सहमति पछि आन्दोलन स्थगित

देवदह प्रिमियर लिग (डिपीएल) : खैरेनीलाई हराउदै शित्तलनगर फाईनल प्रवेश

नेपालको समृद्धि र चेतना: सुधारका लागि शिक्षा, स्वास्थ्य र राजनीति- निता भण्डारी

देवदह प्रिमियर लिग (डिपीएल) : टटेरालाई हराउदै खैरेनी सेमीफाईनल प्रवेश