विश्व शान्ति दिवसको पूर्व सन्ध्यामा प्रभातफेरी

बिज्ञापन

देवदह । विश्व शान्ति दिवसको पूर्व सन्ध्यामा देवदहमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । देवदह स्काउट दलको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम देवदह मा.वि परिसरबाट सुरु भई शित्तलनगर, शान्तिनगर, बनकित्ता हुँदै पुनः विद्यालय प्राङ्गणमा आई सम्पन्न भएको हो । प्रभातफेरीमा सहभागी स्काउटरहरुले शान्तिप्रति उत्प्रेरणा जगाउने विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

बिज्ञापन

सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक हरी प्रसाद पाण्डेले समाजमा भएका बिकृति विसङ्गति आदिलाई जराबाट हटाउन आ-आफ्नो कर्तव्यमा कटिबद्ध भएर लाग्न सबैलाई आग्रह गर्नुभएको थियो । उहाले समाजमा शान्ती कायम राख्न आम नागरिक सबैको उत्तिकै भुमिका रहने र सबैले आफ्नो दायित्व पुरा गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा देवदह नगरपालिका स्थानीय स्काउट समिति सदस्य सुरज भट्टराई, समिति सदस्य दिल कुमार विक, रोभर लिडर युवराज पन्थी, देवदह मा.विका स्काउट शिक्षक सुदिप भुसाल लगाएत देवदह स्काउट दलका स्काउटरहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

बिज्ञापन

संयुक्त राष्ट्रसंघको आहृवानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा विश्व शान्ति दिवस मनाउने गरिएको छ ।

सम्बन्धित खवर

जीप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

लुम्बिनी पानाको ‘पर्यटन विशेष विशेषाङ्क’ सार्वजनिक

प्रथम बुद्ध मावली क्रिकेट कप ; चुरे शिखर क्रिकेट क्लब दोश्रो चरण प्रवेश

प्रथम बुद्ध मावली क्रिकेट कप; टटेरा व्याईज र देवदह आदर्श विजयी

प्रथम बुद्ध मावली क्रिकेट कप; आयोजकलाई १४८ रनले हराउदै काठमाडौं क्यापिटलस् विजयी

हिमालयन लाईफ ईन्स्योरेन्सद्धारा बिमा रकम हस्तान्तरण

परिस्थितीलाई दोष दिएर सहकारीका समस्या समाधान नहुने : अध्यक्ष ढकाल

प्रथम बुद्ध मावली क्रिकेट कप ; तेश्रो दिनको खेलमा आयोजक र रोयल वारियर्स विजयी