विश्व वातावरणको दिवसमा स्काउट लुम्बिनीले गर्यो वृक्षारोपण

बुटवल । विश्व वातावरण दिवसको अवसरमा नेपाल स्काउटले रुपन्देहीको् सैनामैनामा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजना तथा स्थानीय स्काउट समिती सैनामैना नगरपालिका, सैनामैना स्काउट क्रीयुको संयुक्त समन्वयमा आयोजित बृक्षरोपन कार्यक्रम रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं. ९ भरैया अस्नेरीमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका उपप्रमुख बिना मगरले स्काउटले आयोजना गर्ने यसप्रकारका रचनात्मक कार्यक्रममा नगरपालिकाको तर्फवाट र ब्यक्तिगत तर्फवाट सधै सहयोग रहने कुरा बताएकी थिइन । कार्यक्रममा सैनामैना नगरपालिका वडा न ९ का अध्यक्ष, स्थानिय स्काउट समितिका पदाधिकारी तथा सदस्यहरु सैनामैना नगर कृयुका सदस्यहरु लगायत करिव १०० जना भन्दा धेरै स्थानीयहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समिति सदस्य भरत अर्यालले विस्वमा बढ्दै गैरहेको वातावरण प्रदुषणलाई रोक्नको लागि स्काउटले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको बताएका थिए ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते