काठमाडौं । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।
यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।
नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने टोलीका रुपमा विश्व कीर्तिमान बनाएको छ।
नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।
नेपालका लागी कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१, दीपेन्द्रसिंह ऐरीले ५२, कुशल भुर्तेलले १९ र आशिफ शेखले १६ रन बनाए भने बलिङ तर्फ सन्दिप लामिछाने, करण केसी र अभिनास बाेहाेराले समान २/२ विकेट , साेमपाल कामी, गल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिएका छन ।
नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।