विश्वकप लिग २ को त्रिदेशीय शृंखलाका लागि नेपाली टोली घोषणा

नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदाे वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनाेट भएपछी खुशी साट्दै नेपाली कृकेट खेलाडीहरू तस्वीर : कृकेट एशाेसिएशन अफ नेपाल

क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

त्रिदेशीय सिरीजमा नेपाल, क्यानाडा र ओमान रहेका छन्। सिरीजको पहिलो खेल सेप्टेम्बर १६ मा नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्ने छ। यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ।

पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको नेपालले नामिबियासँग दुवै खेल हारेको थियो भने नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो।

लिग–२ को अंकतालिकामा ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ। सात खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा आठ खेलबाट आठसहित क्यानडा तेस्रो स्थानमा रहेको छ।

नेपाली टोलीमा  कप्तान रोहितकुमार पौडल, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल रिजभ खेलाडीकाे रूपमा रहेका छन।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते