विश्वकप क्रिकेटको फाइनलमा हालसम्म विश्वकप जित्ने सबै कप्तानलाई सम्मान गर्ने

बिज्ञापन

बुटवल । भारतमा जारी पुरुष विश्वकप क्रिकेट २०२३ अन्तर्गत आयोजक भारत र अष्ट्रेलियाबिचको फाइनल खेलको आयोजना अहिलेसम्मकै भव्य हुने भएको छ ।

बिज्ञापन

आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा मध्यान्न १२ः४५ बजेबाट सुरु हुने क्रिकेट विश्वकपको खेल उद्घाटन इन्डियन एयरफोर्सले आफ्नो प्रस्तुति दिनेछन् । फाइनलको उद्घाटन समारोहमा गायक तथा सङ्गीतकार प्रितमको पनि प्रस्तुति रहनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफै उपस्थित रहने प्रतियोगिताको फाइनल खेल अघि हुने समारोहमा पहिलो विश्व विजेता कप्तानलाई सम्मान गर्नेछन् भने बीसीसीआईले हालसम्म क्रिकेट विश्वकप जित्ने सबै कप्तानलाई सम्मान गर्नेछ ।

बिज्ञापन
सम्मानको क्रममा प्रितमको लाइभ पर्फमेन्सको साथै करिब ५ सय कलाकारले नित्य प्रदर्शन गर्नेछन् र उनीहरूले जितेको पललाई रिल बनाएर २० सेकेन्ड ठुलो पर्दामा देखाइने छ ।

प्रतियोगिता भारतीय वायुसेना द्वारा १० मिनेटको एयर शो सँग १२:४५ बजे सुरु हुनेछ। यस समयमा, आईएएफ को सूर्य किरण टोलीले स्टेडियम माथि स्टन्ट प्रदर्शन गर्नेभएकाे छ ।  प्रदर्शन फ्लाइट कमान्डर र डेपुटी टीम लिडर विङ कमान्डर सिद्धेश कार्तिकको नेतृत्वमा हुनेछ। पहिलो पटक भारतीय वायुसेनाले यस्तो प्रतियोगितामा प्रदर्शन गर्न लागेको हो । यो एयर शो को लागी कुनै शुल्क लाग्ने छैन। बीसीसीआईले मस्यौदा पत्रलाई रक्षा मन्त्रालयमा अनुमोदनका लागि बुझाउनुपर्नेछ। सूर्य किरणको टोली अहमदाबाद एयर शो गर्नेछ । यी सबै तयारी सम्पन्न भैसकेका छन् ।

हाफ टाइम पर्फरमेन्स साँझ ५ः४५ मा १५ मिनेटको लागि हुनेछ । सो समय परेड अफ च्याम्पियन अन्तर्गत पहिलो पटक वर्ल्डकप जित्ने कप्तानलाई सम्मान गरिने छ । भारतका चर्चित संगीतकार प्रीतमको प्रत्यक्ष प्रस्तुति हुनेछ । यस अवधिमा रंगशालामा करिब ५ सय नर्तकहरूले पनि प्रस्तुति दिनेछन्। संगीतकार प्रितमले देवा हे देवा, केसरीया, नगडा नगडा लगायतका गीतमा प्रस्तुति दिनेछन् ।

दोस्रो इनिङ्सको दोस्रो ड्रिंक ब्रेक राति ८.४५ बजे ९० सेकेन्डको हुनेछ । यस अवधिमा लेजर शो हुनेछ ।

खेलपछि विश्व च्याम्पियन्स को ताज लगाइनेछ। साथै, १२०० ड्रोनहरूले रातमा सुन्दर आकारहरू सिर्जना गर्नेछन्। यस पछि आतिशबाजी गरिनेछ ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै