विवादका कारण रातभर गणना सुरू भएन रूपन्देहीका तिनवटा क्षेत्रमा

????????,?? ????? : ???????? ???????????? ????????? ????? ???????? ????????? ???????? ??? ????? ? ?????? : ????????? ????????,????

रूपन्देहीका ५ वटै क्षेत्रमा आइतबार रातीबाट नै मतगणना गर्ने तयारी गरिए पनि ३ क्षेत्रमा विवादका कारण गणना सुरू गर्न ढिलाई भएको छ । निर्वाचन कार्यालयले विवाद समाधानको पहल गरेपनि समाधान भएको छैन ।

रूपन्देहीमा क्षेत्र नं २, ३, र ५ मा मतपेटिका गणस्थलमा लैजाने समया सहमति नगरी लगिएको, शीलबन्दी तोडिएकोलगायतका विषयमा विवाद भएको थियो । रूपन्देही २ मा प्रतिनिधि सभाका उम्मेदवार सुन्दर वासीले रातभर जागराम बसेपनि सुरू हुन नसकेको जानकारी दिए ।

निवार्चन कार्यालयका प्रवत्ता टेकराज पन्थीका कारण केही क्षेत्रमा विवादका कारण गणना सुरू नभएको र अहिले दलीय सहमति गरेर अगाडि बढ्ने तयारी भएको छ । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ५ स्थानमै अलग अलग मतगणना गर्न लागिएको छ ।

यसअघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाम भैरहवामा गरिँदै आएको थियो । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा, ४ को मझगावा मावि मर्चवारमा र ५ को गैडहवा गाउँपालिकाको नयां प्रशासनिक भवनमा हुनेछ । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल