विरामी आफन्तलाई भेट्न जांदा कांग्रेसले पैसा बाडेको झुठो आरोप लगायो- माया भट्टराई

नेकपा एमाले बुटवल उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार बावुराम भट्टराईकी श्रीमती माया भट्टराई विरामी आफन्तलाई भेट्न जांदा नेपाली कांग्रेसले आफु माथी भ्रामक प्रचार गरेको बताएकी छिन्। दिउसो ३ बजे छिमेकी लक्ष्मी भट्टराईसंग बुटवल ११ स्थित माझगाउंमा रहेको महेन्द्र अर्यालको घरमा बिरामी भेटगएकी मलाई दुषित मनसायका साथ पैसा बाडन गएको आरोप लगाईएको छ म त्यसको निन्दा गर्छु भटराईले भनिन। महेन्द्र अर्यालकी श्रीमती लिला अर्याल क्यान्सर रोगबाट पिडित भएको र उपचार पछि दिल्लीबाट फर्केकाले आफु विरामी भेट्न जांदा गठबन्धनका कार्यकर्ताले अनावाश्यक आरोप लगाएको भट्टराईको दावी छ।

बिज्ञापन

विरामी भेट्ने र त्यहि बेला साथी लक्ष्मीेले भाडामा लगाएको घरमा रुपा थापासंग भेट गरी उहांकै छिमेकी पार्वतीको घरमा जांदा आफु माथी हुल हुज्जत गर्ने समुहले पैसा बाड्न आएको भन्दै आफुलाई घेरेको मायाले बताईन। घटनाका प्रत्यक्षदर्शी बावुराम लम्सालले घरमा बस्दा अनावश्यक आरोप लगाउदै भट्टराई माथी आरोप लगाइएको बताए। हामीलाई अत्यन्तै दुख लागेको छ बिरामी भेटना आएकालाई बदनाम गर्न घृणित खेल खेलीयो उनले भने। विरामीलाई भेट्न आउदा राजनिती करण गरेको स्थानीय महेन्द्र अर्यालले बताए।भटराई परिवार संग हाम्रो पुरानो सम्वन्ध हो बिरामी भएकी मेरी श्रीमती लिला अर्याललाई भेटन आउन् भएको थियो। षडयन्त्र गरेर वहालाई फसाउन खोजियो अर्यालले भने।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले मेयर भट्टराईकी पत्नी  माया भटराईबाट केही रकम नभेटिएको बताए। स्थानियले पैसा बाड्न गएको आरोप लगाए  पनि घटनाक्रमले भने त्यस्तो नदेखाएको उनको भनाई थियो।

बिज्ञापन

यसै बिच माया भटराईले एक प्रेस नोट जारी गर्दै लक्ष्मी भट्टराईको छिमेकी पार्वतीको घरमा बसेको बखत नेपाली काँग्रेसका कार्यकर्ताहरु आई होहल्ला र हुल हुज्जत गरी तँ पैसा बाँड्न आएकी होस् भनी मलाई घेराउ गरी जवरजस्त प्रहरीलाई बोलाउने काम गरेको उल्लेख गरेकी छन्। वास्तवमा मेरो उद्देश्य विरामीलाई भेट्ने थियो। सँगै गएको साथीले भाडा उठाउने कुरा गरेपछि थोरै समय लागेपनि भेटेर जाउँ भन्ने उद्देश्यले हामीहरु बसेका थियौं यति सामान्य विषयलाई मानवीय संवेदना समेत नबुझी अनावश्यक प्रपोगन्डा गरिएकोमा मलाई असाध्यै दुख लागेको छ। भटराईले उल्लेख गरेकी छन्।
मेरो श्रीमान बाबुराम भट्टराई बुटवल उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुनुहुन्छ, के यसको कारणले मलाई बिरामीलाई भेट्ने र आफन्तीसँग बोल्ने छुट पनि हुँदैन? यस अर्थमा आज जे भयो यसप्रति मैले खेद प्रकट गर्दछु। उनको बिज्ञप्तीमा उल्लेख छ।
यस घटनालाई लिएर केही सञ्चार माध्यमले पैसा बाँडेको भनेर कुप्रचार समेत गरेको मैले पढें। पैसा बाँड्न गएको भए म सँग रकम हुनुपर्ने थियो। पैसा भएको भए प्रहरीले बरामत गर्नुपर्ने थियो। यी सबै कुरा नहुँदा नहुँदै पनि कपोलकल्पित र भ्रामक प्रचार गरेर मतदातालाई प्रभावमा पार्ने निर्वाचन आचारसंहिताको उल्लघंन गर्ने कुत्सित मनसायको घोर निन्दा र भ्रत्सना गर्दछु। उनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु