विप्लव नेतृत्वले लगाएको धान काट्न खेतमै पुगे सिडिओ

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले उत्पादन गरेको धान खेतमा पुगेर धान काट्दै दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी ।
बिज्ञापन

बुटवल ।  नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले  उत्पादन गरेको धान खेतमा पुगेर दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले धान काटेका छन् ।  सुवेदीले खेतमै पुगेर धान काटेपछी यो विषयले चर्चामा आएको छ ।  पार्टीले घोराही-१६ करौंटी डाँडामा उत्पादन गरेको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् ।

बिज्ञापन

खेतमा धान काट्दै प्रजिअ सुवेदीले  पार्टीका कार्यकर्ताले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउदै उत्पादन नै समृद्धिको अभियान भएकोले अब राजनीतिक दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।

बिज्ञापन

“कुनैपनि कुरा भनेर होइन गरेर देखाउनु पर्छ भन्ने विषय यहाँ लागू भएको छ” प्रजिअ सुवेदीले भने – यो धान खेतमै आएर वास्तवमा यहाँहरुसँग जोडिन पाउँदा आफूलाई खुशी महसुस गरेको छु ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इन्चार्ज सम्झना सीले सो अवसरमा आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् ।

उनले पार्टीको पूर्वी दाङले ६ बिघा जग्गा भाडामा लिएर सी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर ३ बिघा जग्गामा धान खेती र ३ बिघा जग्गामा तोरी खेती गरिरहेको जानकारी दिइन् ।

उनले भनिन- “एउटा राजनीति कार्यकर्ता भनेको मागेर खाने, ठगेर खाने  र काम नगरेर खाने झोलेको रुपमा जुन उपमा दिने अवस्था सिर्जना भएको छ र, त्यो खालको वास्तविकता पनि सतहमा देखिराखेको छ । त्यसोभएको कारण त्यसलाई चिर्नको लागि र साथै देशमा थुप्रै उर्भरा जमिन हुँदाहुँदै पनि  नेपाली युवाहरू आज दिनदिनै बिदेशी रहेका छन् । र, नेपालमा उत्पादन गरेर खाने संस्कारको सिर्जना गर्नुपर्छ । आफ्नै देशलाई माया गर्ने र आफ्नो देशमै आत्मनिर्भर बनेर एउटा समाज विकास र देश विकासमा युवाहरूलाई सहभागी गर्नुपर्छ भन्ने उद्देश्यसहित उत्पादनमा जोडिएका छौं ।”

उत्पादन भएको धान काट्न पार्टीका पूर्वी दाङका सेक्रेटरी जनक सी, उत्पादन प्रमुख महान् सी लगायत पार्टी निकट जन वर्गीय संगठनहरुको सहभागिता थियो ।

सो पार्टीले कपिलवस्तुको शिवगढी क्षेत्रमा ठूलो क्षेत्रफलमा कृषि खेती गरेको छ । केही दिनअघि यो पार्टीले आफैले उत्पादन गरेको २५ क्वीन्टल चामल भूकम्प प्रभावितलाई हस्तान्तरण गरेको थियो ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल