विद्यार्थीलाई योगाभ्यास तथा प्रशिक्षण कार्यक्रम

देवदह । रुपन्देहीको देवदहमा विद्यार्थीलाई एक दिने योगाभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केरवानी स्काउट दलको आयोजनामा देवदह ५ स्थित लोकेश्वर मन्दिरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केरवानी स्काउट दल र सरस्वती स्काउट दलका गरि ७० जना विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा योग गुरु नमकान्त पाण्डे, तुल्सिराम शर्मा, कृष्ण प्रसाद ज्ञवालीले प्रशिक्षण गर्नुभएको थियो ।

विद्यार्थीलाई योग, ध्यान र साधनामार्फत अनुशासित र कर्तव्यनिष्ठ बनाउन यस किसिमको कार्यक्रमले मद्दत गर्ने स्थानीय स्काउट देवदह नगर समिती सदस्य सुरज भट्टराईले बताउनुभयो । योगले मानिसलाई स्वस्थ रहन र मानसिक तनाव हटेर आनन्दको अनुभूति गर्ने वातावरण सृजना गर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा केरवानी मा.विका सहायक प्र.अ कमल ज्ञवाली, केरवानी स्काउट दलका स्काउट मास्टर अर्जुन गौतम, सरस्वती स्काउट दलका स्काउट मास्टर भरत खनाल, स्काउट मास्टर तारा चौधरी तथा केरवानी स्काउट दल, सरस्वती स्काउट दलमा आवद्ध विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने