वित्तीय अनुशासन कायम गर्दै बजेट ल्याएका छौं : मुख्यमन्त्री राई

विराटनगर।  प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री राईले आज प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको अठारौं बैठकलाई सम्बोधन गर्नुहुँदै यथार्थपरक बजेट बनाएकाले आगामी बजेट खर्च कुनै समस्या नहुने प्रष्ट पार्नुभएको छ ।

बिज्ञापन

उहाँले पुरानो दायित्वले डो¥याएअनुसारको बजेट बनाउनुपर्दा सोचेअनुरुपको कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । ‘पुरानो दायित्वले हामीलाई त्यतैतिर तानेको हुनाले पूर्णरुपमा सोचेअनुसार बजेट बनाउन पाइएन’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘त्यैपनि केही दुरगामी महत्व राख्ने कोशिस गरेका छौं ।’ उहाँले राजश्व अनुमान, अनुदान तथा मौज्दातलगायत सबै क्षेत्रको यथार्थ विश्लेषण गरी बजेट बनाएकाले अब विनियोजित बजेट खर्च गर्न कुनै समस्या नभएको बताउनुभयो । ‘हामीले वित्तीय अनुशासनका लागि सरकारले केही गरेन भन्ने ठाउँ दिएका छैनौं’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘अब आउने नयाँ सरकारले पनि खुलेर आफ्नो बजेट बनाउन सक्छ ।’

मुख्यमन्त्री राईले बजेट अधिवेशनका क्रममा प्रदेश सभा सदस्यहरूले बैठकमा उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रदेशको नामकरण सरकारको उच्च प्राथमिकतामा रहेको पनि स्पष्ट पार्नुभएको छ । प्रदेशको नामकरणको लागि संवैधानिक तथा कानूनी व्यवस्था के हो त्यो हेर्न प्रतिपक्षी दललाईसमेत आग्रह गर्दै आफूले पाएको जिम्मेवारी ‘मिस’ गर्दैमा हतास नहुन पनि आग्रह गर्नुभयो । ‘प्रदेशको नामकरण गरेर यो सरकार त्यसै ‘सुनाम’ हुन चाहन्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘प्रदेशको नामको सन्दर्भमा पहिल्यै मारीमेटी कुरा राखिसकेका छौं, त्यैपनि नामकरण गर्ने सवालमा सरकारका तर्फबाट खाजा खाँदा होस् वा गाडीमा चढ्दा जहाँ बसेर पनि कुराकानी गर्न तयार छ, उठीउठी बसीबसी नामको विषय टुंग्याउन सरकार तयार छ ।’ उहाँले बजेट पास भएपछि सम्पूर्ण ध्यान प्रदेशको नामकरणमा केन्द्रित गरिने बताउनुभयो ।

बिज्ञापन

मुख्यमन्त्री राईले सरकारले रितपूर्वक गरेका नियुक्तिका बारे प्रश्न उठाएको सन्दर्भमा कानून र नियमले मिल्न सक्ने काम गर्न सरकार स्वतन्त्र रहेको स्पष्ट पार्नुभयो । उहाँले संघीय निजामती सेवा ऐन नबनेकाले प्रदेशमा पनि तद्अनुरुप प्रदेश लोकसेवा आयोगको कामले गति लिन नसकेको बताउनुभयो । केही कार्यालय हटाएको, गाभेको, सारेको सन्दर्भमा मुख्यमन्त्री राईले सरकारको खर्च कटौतीको योजनाअनुसार रित पुग्नेगरी ती काम गरिएको प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ

IMG_20231208_072602

देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

US open Nepali cricketer

अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

तस्वीर ; कृकेट एशाेसिएसन अफ नेपाल

आजदेखी यू-१९ एसिया कप सुरु; नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दै

408466250_1072965060787667_7983627665660155269_n

तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

फाइल तस्वीर

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

तस्बिर : एजेन्सी

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान जादा दुइ जना युक्रेनी सेनाको नियन्त्रणमा

407768929_841899551277150_3304068699329251705_n_pxAg4lMyox

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै