वायुसेवा कम्पनीहरुले सम्पूर्ण उडान स्थगन गर्ने चेतावनी ( विज्ञप्ति सहित )

 

बिज्ञापन

काठमाडौँ । वायुसेवा संचालक संघले राति ८ बजेपछि आन्तरिक उडान हुन नसक्ने भन्दै विज्ञप्ति जारी गरेका छन । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ समयावधि बढाएर १८ घण्टा पुऱ्याउन भन्दै वायुसेवा कम्पनीहरुलाई पत्र पठाएको थियो । संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध, यती, श्री, सौर्य र गुण एयरलाइन्सलाई राति ८ बजेपछि पनि उडानको व्यवस्था मिलाउन प्राधिकरणले पत्र पठाएको थियो ।

वायुसेवा कम्पनीहरूले प्राविधिक तयारी नभएकाले ८ बजेपछि उडानहरु गर्न सक्ने अवस्था नरहेको संघले जनाएको छ । ‘प्राधिकरणले बुधबार जारी गरेको स्लटसम्बन्धी नयाँ व्यवस्था अनुरुपको तालिका संलग्न गर्न सदस्य वायुसेवा कम्पनीहरुले नसक्ने ब्यहोराको जानकारी नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराउँदै वैशाख ३ कै स्लट सम्बन्धी व्यवस्था हाललाई लागू गर्न अनुरोध छ’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिज्ञापन

उक्त अनुसारको उडान अनुमति प्राप्त नभएमा संघका सदस्य वायुसेवा कम्पनीहरुले सम्पूर्ण उडान स्थगन गर्ने चेतावनी दिएका छन् । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न प्राधिकरणले निर्देशन दिएको थियो । प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ ।

विज्ञप्ति सहित तल हेर्नुहास ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन