वडा नं १ लाई १२७ रनले पराजित गर्दै वडा नं ७ फाईनलमा

देवदह– देवदह क्रीकेट खेल मैदानमा जारी नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगितामा वडा नं ७ फाईनलमा प्रबेश गरेको छ । आइतबार भएकोे सेमिफाइनल खेलमा वडा नं १ लाई १२७ रनले पराजित गर्दै वडा नं ७ फाईनल पुग्न सफल भएको हो ।

टस जितेर वडा नं ७ ले ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ७ ले निर्धारित २० ओभर खेल्दै १ सय ६८ रन बनाउन सफल भएक थियो । वडा नं ७ का लागि रोहित वाग्ले ३६ बलमा ४९ रन , सुरज दराईले ३६ बलमा ३९ रन र खोम पाण्डेले २१ बलमा ३३ रन बनाएका थिए । बलिङ तर्फ वडा नं १ का फिरोज खानले ४ ओभरमा २५ रन दिदै ४ विकेट लिन सफल भएका थिए ।

१ सय ६८ रनको लक्ष्य लिएर मैदान आएको वडा नं १, ४१ रनमा अल आउट भएको आयोजकले जनाएको थियो । वडा नं १ , १ सय २७ रनले पराजित भएको हो । उक्त म्याच मा रोहित वाग्ले म्यान अफ दि म्याच घोषित भएका थिए।

यसै गरि प्रतियोगिताको फाईनल खेल बैशाख ६ गते दिउँसो २:०० बजे वडा नं ७ र वडा नं १० बिच हुने देवदह क्रीकेट युनिटका अध्यक्ष अजय थापा मगरले जानकारि दिए । प्रतियोगितामा प्रथम हुनेले २५ हजार र ट्रफी , द्वितीय हुनेले १० हजार र ट्रफी र तृतीय हुनेले ५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा बेस्ट ब्याट्सम्यानले नगद २ हजार ५ सय र ट्रफी, बेस्ट बोलरले नगद २ हजार ५ सय र ट्रफी र ईमर्जिङ्ग पेलेरले नगद रु २ हजार ५ सय र ट्रफी हात पार्ने छ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने