देवदह // देवदह नगरपालिका वडा नं ४ ले कृषि उपज विउ वितरण गरेको छ। वडा कार्यालयले कृषकलाइ एक घर एक करेसा वारि कार्यक्रम अन्तर्गत विउ वितरण गरेको हो ।वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले सबै किसानले आफ्नै घरमा तरकारी उत्पादन गरिने उदेश्य ले तरकारीको विउ वितरण कार्यक्रम गरेको बताउनु भएको थियो । चापागाईंले वितरण गरिएको विउ भने घर लादै त्यसै राख्ने काम नगर्न आग्रह गर्नु भएको थियो ।
साे तरकारी बीउ वडा नं ४ का सबै घरधुरी लाई पुग्ने गरि भिन्डी,बोडि,लौका,काँक्राे,घिरौला,फर्सी,बोडि आदिकाे विउ वितरणका गर्न लागिएको चापागाईंले बताउनुभयो । वितरण कार्यक्रम देवदह नगरपालिका वडा नं ४ का वडा सचिब विष्णु पोख्रेलको सञ्चालनमा भएको थियो।