वडाध्यक्षदेखि संघीय सांसदसम्म, पूर्वमेयरदेखि पूर्वमन्त्रीसम्म कपिलवस्तुबाट एमालेमा प्रवेश (तस्बिरहरू)

बिज्ञापन

कपिलबस्तु । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा समाहित हुनुहुने हजारौंलाई आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।
कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव पनि एमाले प्रवेश गर्नुभएको छ ।

बिज्ञापन

यस्तै सोही पालिकाका, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहसहित ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । आजको प्रवेशसँगै कपिलबस्तु एमालेको किल्ला बनेको छ ।

बिज्ञापन

सम्बन्धित खवर

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

पोखरामा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु, ४ जना घाइते

भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लियो, सबैजना सकुशल

नारायणगढ–मुग्लिन सडकमा पहिरोले २ वटा यात्रुबस बगायो, करिब पाँच दर्जन यात्रु बेपत्ता

शेयर बजार एक वर्षपछि २२ सय विन्दुमाथि

बागलुङमा पहिरोले घर पुरिँदा घर भित्रै सुतिरहेका एक जनाको मृत्यु

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न