लुम्बिनी विकास बैंकद्वारा लुम्बिनी आँखा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

भैरहवा // लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ बराबरको मेडिकल उपकरण (आँखामा प्रेसर नाप्ने मेसिन) हस्तान्तरण गरेको हो ।

बिज्ञापन

सोमबार एक कार्यक्रमकाबीच बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष राणाले बेलाबखत विभिन्न बैंकबाट हुने सहयोगले अस्पताललाई ठूलो राहत मिलेको बताए । उनले आगामी दिनमा पनि लुम्बिनी विकास बैंकबाट सहयोग हुने अपेक्षा गरे । अध्यक्ष राणाले आँखासम्बन्धी समस्या भए त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने बताए । उनले आँखा जस्तो संवेदनशील कुरालाई निदान गर्नेतर्फ अगाडि बढे निश्चित रुपमा राम्रो उपचार हुने बताए ।

बिज्ञापन

उनले भने, ‘हामीलाई धेरै महंगो उपकरण खरिद गर्न बडो ग्राहो छ, यो नाफा लिने नभइ सेवामूलक संस्था हो, त्यसकारण हामी निजी अस्पतालको तुलनामा निश्चित रुपमा यो अस्पतालको आर्थिक अवस्था कमजोर छ । ’ उनले विभिन्न किसिमका उपकरणलाई आजको आधुनिक समयअनुसार परिपूर्ति गर्न आवश्यक रहेको बताए । आँखासम्बन्धी रोगको निदानका लागि नेपाल नेत्र ज्योति संघले राष्ट्रव्यापी रुपमा जिम्मेवारी पाएको र त्यो जिम्मेवारी निर्वाह गर्नका लागि निश्चित रुपमा अगाडि बढेको उनको भनाइ थियो ।

बैंकका बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनालले सेवाको भावनाले उत्पे्ररित भएको अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले आगामी दिनमा पनि अस्पतालसँगको सहयात्रालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । बैंकले नाफा कमाउने उद्देश्य मात्र नराखी संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको उनको भनाइ थियो । बैंकले ८६ वटा शाखामार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको खनालले जानकारी दिए ।
अस्पतालका निमित्त चिफ मेडिकल डाइरेक्टर सह–प्राध्यापक डा. कबिन्द्र बज्राचार्यले अस्पताललाई सबै आवश्यक उपकरण किन्न नसक्ने आवश्यकता रहेकोमा अवस्थामा बैंकले सहयोग गर्नु सराहनीय रहेको बताए ।

उनले सेवाको लागि अगाडि बढेको अस्पताललाई बैंकले दान गरेर ठूलो सहयोगको काम गरेको बताए । उनले बैंकको कार्यबाट प्रेरित भएर अन्य संघ–संस्थाले पनि अस्पताललाई सहयोग गर्ने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, निमित्त चिफ मेडिकल डाइरेक्टर सह–प्राध्यापक डा. कबिन्द्र बज्राचार्यको स्वागत तथा सूचना अधिकारी प्रतीक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना