लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा पहिलो पटक खेलकूद सप्ताह आयोजना

कपिलवस्तु। लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले पहिलो पटक खेलकूद सप्ताह आयोजना गरेको छ ।

लुम्बिनी विश्वविद्यालय केन्द्रिय क्याम्पसले लुम्बिनी पर्सामा पहिलो पटक खेलकुद सप्ताह आयोजना गरेको छ । खेलकुद सप्ताहको उद्घाटन गर्दै क्याम्पस प्रमुख नीर बहादुर गुरुङले खेलकुदले लुम्बिनी गर्नुभएको थियो । खेल सप्ताहको उदघाटन समारोहलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख गुरुङले सम्पूर्ण विद्यार्थीहरुलाई यो कार्यक्रम विश्वविद्यालयकै लागि पहिलो आयोजना भएकोले यसको सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो ।

साथै उहाले खेल सप्ताहले विश्वविद्यालयको गरीमा बढाउने, शैक्षिक विकासमा सहयोग पुग्नुका साथै मैत्रीभाव, करुणाभावको विकास गर्ने, शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभयो ।

केन्द्रीय क्याम्पसको स्थापाना दिवसको पूर्वसन्ध्यामा आयोजित यो कार्यक्रम आज देखि ५ दिन सञ्चालन हुनेछ । कार्यक्रममा क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस, व्याडमिण्टन, चेस, स्लो साइकल रेस, चेस, डोरी तान्ने र स्पोन रेस गरी ११ वटा खेल प्रतियोगिता समावेश गरिएको छ । केन्द्रीय क्याम्पसमा अध्ययनरत वि.टि.टि.एम, वि.ए, ग्रामिण विकास भोट बौद्ध अध्ययन कार्यक्रम अन्तर्गत सबै सेमेष्टरका विद्यार्र्थीहरुको सहभागिता रहेको क्यापस प्रमुख निर बहादुर गुरुङले बताउनु भयो ।

प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहेको छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल