लुम्बिनी फोटोग्राफर संघले मनायो १८२ औं बिश्व फोटोग्राफी दिवस

बुटवल । लुम्बिनी फोटोग्राफर संघले विभिन्न कार्यक्रमका साथ १८२ औं बिश्व फोटोग्राफी दिवस भब्य रुपमा मनाएको छ । विश्व फोटोग्राफी दिवसको अवसरमा ३ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष मनिष पन्थले जानकारी गराउनुभएको थियो ।

बिज्ञापन

दिवस मनाउने क्रममा पहिलो दिन भाद्र १ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तसञ्चार कार्यालय, बुटवलमा भएको उक्त कार्यक्रममा ७० युनिट रगत जम्मा भएको कार्यक्रम संयोजक गोमा ज्ञवालीले जानकारी दिनुभएको थियो ।

संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता तथा नेपाल फोटोग्राफर महासंघका संयोजक महेन्द्रप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल स्वयंसेबी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, नेपाल फोटोग्राफर महासंघका केन्द्रिय सदस्य माधवप्रसाद पन्थ,  महासंघका केन्द्रिय सदस्य तथा लुम्बिनी फोटोग्राफर संघका वरिष्ठ उपाध्यक्ष दिनेश अर्याल, केन्द्रिय सदस्य तथा लुम्बिनी फोटोग्राफर संघका कानुनी सल्लाहकार कमला तिवारी लगायतको उपस्थिति रहेको थियो ।त्यस्तै भाद्र २ र ३ गते दिवसकै अवसर पारेर लुम्बिनी फोटोग्राफर संघका सदस्यहरुलाइ फोटो पत्रकारिता तालिमको आयोजना गरिएको थियो । संघमा आवद्ध रहनुभएका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको दुई दिने फोटो पत्रकारिता तालिमको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको थियो । औपचारिक कार्यक्रमको सुरुवात गर्दै नगर प्रमुख घिमिरेले आफुमा भएको सीप र क्षमताको अभिवृद्धि गरेर आत्मनिर्भर हुने गरी फोटोग्राफीलाई ब्यावसायिक पेशाको रुपमा विकास गर्न र आफुले सिकेका कुरा ब्यावहारमा लागु गराउन आब्हान गर्नुभएको थियो । वहाँले फोटोग्राफर बनेर आफ्नो पेशा गरिरहनुभएकाहरुलाई संघमा आवद्ध र एकताबद्ध गराएर क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरु सञ्चालन गरेकोमा संस्थाप्रति प्रशंसा समेत गर्नुभएको थियो ।

बिज्ञापन

लुम्बिनी फोटोग्राफर संघको आयोजना तथा एलायन्स फर कम्युनिटी मिडिया नेपालको सहकार्यमा सञ्चालन गरिएको तालिमलाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, एलायन्स फर कम्युनिटी मिडिया नेपालका संयोजक तथा पत्रकार दिनेश पाण्डे, भगवती पाण्डे र स्वस्तिक श्रेष्ठले आधारभुत पत्रकारिता र टेलिभिजन पत्रकारिताबारे सहजिकरण गर्नुभएको थियो ।

फोटोग्राफर तालिम कार्यक्रमका संयोजक मनोज क्षेत्रीले फोटोग्राफी पेशा मिडियासँग नङमासुको सम्बन्ध भएको भन्दै संघले भविष्यमा दक्ष जनशक्ति उत्पादन गरेर मिडियालाई सहज बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो ।
संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता तथा महासचिव माधव प्रसाद पन्थको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य माधवप्रसाद पन्थ, संघका कानुनी सल्लाहकार कमला तिवारी पन्थ, सल्लाहकार दिपक भण्डारी, प्रेस सल्लाहकार दल बहादुर गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष दिनेश अर्याल लगायतले आफुले सिकेका कुराहरु ब्यवसायिक दक्षता अभिवृद्धि गर्ने गरी कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभएको थियो ।

विसं. २०६३ सालमा स्थापना भएको लुीम्बनी फोटो ग्राफर संघले १८२ औं विश्व फोटोग्राफी दिवसको अन्तिम दिन अर्थात भाद्र ३ गते विश्वभरीका दिवंगत हुनुभएका फोटोग्राफरहरु तथा नेपालमा कोरोनाका कारण ज्यान गुमाउनु भएकाहरुको सम्झनामा बुटवलको ट्राफिकचोकमा दीप प्रज्वलन कार्यक्रम गरी सम्पन्न गरेको संघका कार्यसमिति सदस्य तथा युवा समितिका संयोजक त्रिभुवन पाण्डेले जानकारी गराउनुभएको हो ।  

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना